Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • ‘अर्को विनाशकारी अध्यादेश आउनु अघि नै संसद अधिवेसन बोला‌औं’


    मंगलबार, मंसिर ३० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसद अधिवेसनको माग गरेका छन्। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी  गरेपछि डा. भट्टराईले अर्को विनाशकारी अध्यादेश आउनु अघि नै संसद अधिवेसन बोलाउन माग गरेका हुन्।

    उनले संवैधानिक परिषदलाई तीनजनाको ‘ओली परिषद’को संज्ञा समेत दिएका छन्। सरकारले एकाएक ल्याएको संवैधानिक आयोगसम्बन्धी अध्यादेशबारे टिप्पणी गर्दै डाक्टर भट्टराईले निम्छरा संवैधानिक आयोग ओली परिषद् बनेको बताएका छन्।

    भट्टराईले ट्वीटमा लेखेका छन्,’ त्यसै त निम्छरा संवैधानिक आयोग,अब अध्यादेश मार्फत बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्?  त्यत्रो वलिदानमार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त? अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऔं!।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार