काठमाडौँ । अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुदै छ ।
यसपटकको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ, जसमा एकातर्फ पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प छन् भने अर्कोतर्फ डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस छन् । कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति पनि हुन् ।
ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् । कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई यो पदका लागि उम्मेदवार बनाएकी छन् ।
अमेरिकाका अधिकांश क्षेत्रमा नेपाली समयअनुसार मंगलबार साँझ करिब ४: ४५ बजेदेखि मतदान सुरु भई बुधबार बिहान करिब ६ बजेसम्म चल्नेछ ।
निकट प्रतिस्पर्धाका कारण यसै वर्ष हुन लागेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा सार्वजनिक हुन केही दिन लाग्ने अनुमान गरिएको छ ।
अमेरिकामा हुने केही राष्ट्रपतीय निर्वाचनमा भोटिङको दिन वा भोलिपल्ट बिहान विजेता घोषणा हुने गरेको भए पनि यसपटक कडा प्रतिस्पर्धाका कारण पर्खनुपर्ने हुनसक्छ । पेन्सिल्भेनिया जस्ता केही स्विङ राज्यहरूमा मत गणनामा थोरै भिन्नता आएमा फेरि मतगणना हुने सम्भावना छ ।
यी निर्वाचनका सन्दर्भमा नजिकको नतिजालाई कानुनी रूपमा पनि चुनौती दिने सम्भावना छ । यदि यस्तो भयो भने, यसको घोषणा हुन केही दिन लाग्न सक्छ।
सन् २०२० मा अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि नोभेम्बर ३ मा मतदान भएको थियो तर अमेरिकी टिभी नेटवर्कमा नोभेम्बर ७ मा जो बाइडेनलाई विजयी घोषणा गरिएको थियो ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend