Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संवैधानिक परिषद्काे बैठक जारी


    मंगलबार, मंसिर ३० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संवैधानिक परिषदको बैठक बालुवाटारमा जारी छ।

    बैठकमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चाेलेन्द्र समशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ रिक्त पद पदपूर्तिका विषयमा छलफल भइरहेकाे छ।

    यसअघि आइतबारका लागि बोलाइएको बैठक भने प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेकाे थिएन । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेसँगै यसकाे सत्तारूढ दल र प्रतिपक्ष दलका नेताहरूले पनि विराेध गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार