Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • देशभर ३२१ जना संक्रमित आइसियु र ४८ जना भेन्टिलेटरमा उपचाररत


    मंगलबार, मंसिर ३० २०७७
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज देशभर  ३६९ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचारत रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न कोभिड१९ अस्पतालमा ३२१ जना संक्रमित आइसियु र ४८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

    प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशमा  १२७ जना आइसियु र २६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

    त्यसैगरी, प्रदेश १ मा ३७ जना आइसियु र १ जना भेन्टिलेटरमा, प्रदेश २ मा ९ जना आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९७ जना आइसियु र ८ जना भेन्टिलेटरमा उपचाररत छन्।

    लुम्बिनी प्रदेशमा ३८ जना आइसियुमा र ४ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ६ जना आइसियुमा र ४ जना भेन्टिलेटरमा र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसियुमा र ३ जना भेन्टिलेटरमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार