Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा ४ सय ३८ काेराेना संक्रमित थपिए


    मंगलबार, मंसिर ३० २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १७४ महिला र २६४ पुरुष गरी ४३८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ५५१ जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ३१० , ललितपुरमा ८६ र भक्तपुरमा ४२ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा १ र ललितपुमा ३ जना गरी ४जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    हालसम्म काठमाडौंमा मात्र ९३ हजार ५०२ जना संक्रमित भएका छन्, जसमध्ये ४४७ जनाको मृत्यु भएको छ। हालसम्म ८८ हजार ६  जना निको भएका छन्। ललितपुरमा १४ हजार ५२१ जना संक्रमित भएका छन्। जसमा १३७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ६७७ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ५८ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ९८ जना निको भएका छन्।

    आज काठमाडौमा ४ हजार ३५३ ललितपुरमा ७०७ र भक्तपुरमा ३३३ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार