काठमाडौँ । जापानमा साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई ६ महिनासम्म जेल सजाय हुन सक्ने नियम लागु गरिएको छ ।
शुक्रबारदेखि लागू भएको नयाँ नियमअनुसार जापानको संशोधित सडक कानूनको उल्लङ्घन गर्नेहरूलाई अधिकतम छ महिनाको जेल सजाय वा एक लाख जापानी यान जरिवाना हुने भएको छ । जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारीको समयमा मानिसहरूले सार्वजनिक यातायातको सट्टा साइकल बढी प्रयोग गर्न थालेका छन्।
त्यसपछि जापानमा साइकल यात्रुको दुर्घटना बढेको छ । जापानमा लागू भएको यो नयाँ नियमअनुसार साइकल चलाउँदा मदिरा सेवन गरेमा तीन वर्षसम्मको सजाय र ५ लाख यान जरिवानाको व्यवस्था गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार जापानमा २०२३ मा ७२ हजार भन्दा बढी साइकल दुर्घटनाहरू रेकर्ड भएका थिए, जुन देशमा हुने सबै ट्राफिक दुर्घटनाको २० प्रतिशतभन्दा बढी हो ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend