Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथमा क्षमा पूजा, भाेलिबाट भक्तजनका लागि खुला


    मंगलबार, मंसिर ३० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पशुपतिनाथ मन्दिर बुधबारदेखि भक्तजनका लागि खुला हुने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा मंगलबार क्षमा पूजा गरेसँगै बुधबारबाट भक्तजनका लागि खुला गर्न लागिएकाे हाे ।

    प्राचीनकालदेखि नियमितरुपमा पूजा हुँदै आएकोमा कोरोना संक्रमणको जोखिमका कारण ९ महिनादेखि बन्द गरिएकोले क्षमा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

    यस अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषकातर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताए ।

    यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ ।

    पहिलो चरणमा मन्दिरको पश्चिम ढोकोबाट भक्तजनहरुलाई प्रवेश गर्न दिइने छ । सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।

    मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनु पर्नेछ । मन्दिरभित्र हुने विषेश पूजा, भजनकीर्तनलगायतका क्रियाकलाप भने अहिले सुरु नहुने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार