काठमाडौँ । भारतको मलयालम र तमिल सिनेमाका प्रसिद्ध फिल्म सम्पादक निषाद युसुफले आत्महत्या गरेका छन् । बुधबार निषादको शव कोच्चिस्थित उनको अपार्टमेन्ट भवन बाहिर फेला परेको थियो ।
घटनास्थलमा पुगेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । निषादले भवनको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।
निषादको निधनको जानकारी निर्देशक युनियन अफ फिल्म एम्प्लॉइज फेडेरेसन अफ केरलाले आफ्नो फेसबुक पेजमा दिएको छ।
फेडेरेसनले यो खबरले स्तब्ध बनाएको उल्लेख गर्दै उनले बदलिएको मलयालम सिनेमाको भविष्यलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्ने फिल्म सम्पादक भएको बताएको छ ।
आफ्नो निधन हुनुअघि निषाद साउथ अभिनेता सूर्या र बबी देओलको आगामी फिल्म ‘कंगुवा’ को सम्पादन गर्दै थिए । उनी हालै आयोजित फिल्मको म्युजिक लञ्च कार्यक्रममा पनि सहभागी भएका थिए । उनले सूर्या र बबीसँग सेल्फी खिचे र साझेदारी गरेका थिए ।
निषादले मलयालम बाहेक धेरै तमिल फिल्महरूमा काम गरेका छन् । उनले यतिबेला फिल्म ‘कंगुवा’मा काम गरिरहेका थिए । यो फिल्म १४ नोभेम्बरमा रिलिज हुँदैछ । यसबाहेक उनी मोहनलाल र मामुट्टीको फिल्म ‘बाजुका’ र ‘अलाप्पुझा जिमखाना’ मा पनि काम गरिरहेका थिए।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend