काठमाडौँ । बेलायतका राजा चार्ल्स व्यक्तिगत भ्रमणमा भारतमा रहेका छन् ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार उनी आफ्नी पत्नी रानी क्यामिलासँग बेंगलुरुको ह्वाइटफिल्ड नजिकैको मेडिकल सुविधा ‘होलिस्टिक हेल्थ सेन्टर’ मा बसिरहेका छन् । गत वर्ष मे ६ मा बेलायतका राजाको राज्याभिषेकपछि चार्ल्स पहिलो पटक बेंगलुरु आएका हुन् ।
तीन दिने भ्रमणमा राजा चार्ल्सले योग, ध्यान सत्र र थेरापी लिइरहेको मिडिया रिपोर्टमा बताइएको छ । चार्ल्स र क्यामिलाले पनि ३० एकडमा रहेको मेडिकल सुविधा र लामो पैदल यात्राको अर्गानिक फार्ममा बसिरहेका छन् । चार्ल्सको उपचारका लागि केन्द्रमा विशेष टोली तयार गरिएको छ ।
यो अवधिमा उनले विशेष डाइट पनि फलो गरेका छन् । सत्र सकिएपछि दुवै लण्डन फर्कने बताइएको छ । राजा चार्ल्स बेंगलुरुको यो स्वास्थ्य सेवा केन्द्रमा पुगेको यो पहिलो पटक होइन । यसअघि २०१९ मा उनले आफ्नो ७१औं जन्मदिन पनि यहाँ मनाएका थिए ।
चार्ल्सले हालसम्म कुल ९ पटक बेंगलुरुको स्वास्थ्य केन्द्रको भ्रमण गरिसकेका छन् । बैंगलोरमा मेडिकल सुविधा सञ्चालन गर्ने डा. आइज्याक मथाईलाई पनि राजा चार्ल्सको राज्याभिषेकमा निमन्त्रणा गरिएको थियो । उनी बाहेक उनका भाइ र बेलायतका राजकुमार एन्ड्र्युले पनि भारतीय योगीबाट उपचार गराइसकेका छन् ।
बेलायती अखबार ‘द सन’का अनुसार भारतीय योगीले एन्ड्रयूलाई धेरै वर्षसम्म मन्त्र, मसाज र ध्यानको माध्यमबाट थेरापी दिएका थिए । यसपछि सन् २०२२ मा एन्ड्रयुले राजा चार्ल्सलाई ३२ लाख रुपैया योगीको शुल्क तिर्नको लागि बिल पठाए तर उनले त्यो रकम तिर्न अस्वीकार गरेका थिए । चार्ल्स राजा नभएसम्म रानी एलिजाबेथले एन्ड्रयूको लागि यो बिल तिर्ने गरेको बताइएको छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend