Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने २ जना पक्राउ


    मंगलबार, मंसिर ३० २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा भक्तपुर नगरपालिका ९, च्यामासिंह सूर्यमढी बस्‍ने ३२ वर्षीय विजय नकर्मी र १९ वर्षीय रितिक प्रजापति रहेका प्रहरीले जनाएकाे छ।

    उनीहरू लाई प्रहरीले भक्तपुर नगरपालिका ९, च्यामासिंह सूर्यमढीस्थित ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार आरोपमा पक्राउ गरेकाे हाे ।

    गीता कोजूको मोबाइल हराएको सूचनापछि खटिएको प्रहरीले मोबाइल खोजी सोही ठाउँस्थित पाटीमा फेला पारी सम्बन्धित धनीलाई बुझाएपछि विजय र रितिकले प्रहरीमाथि हातपात एवं दुर्व्यवहार गरेको प्रहरीले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार