Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेनाबाट भक्तपुरमा थप एक पुरुषको मृत्यु


    मंगलबार, मंसिर ३० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । काेराेना भाइरसकाे संक्रमणबाट भक्तपुरमा थप एक पुरुषको मृत्यु भएको छ । याेसँगै भक्तपुरमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या एकसय १६ पुगेको छ ।

    स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरका ७३ पुरुष र ४३ महिला गरी एकसय १६ जना संक्रमितको मृत्यु भएको हो । यहाँका चार नगरपालिका मध्ये सबैभन्दा बढी भक्तपुरमा २८ पुरुष र १५ महिला गरी ४३ जना संक्रमितको मृत्यु भएको छ ।

    मध्यपुर थिमि नगरपालिकामा २५ पुरुष र १४ महिला गरी ३९ जना, सूर्यविनायकमा १३ पुरुष र १३ महिला गरी २६ तथा चाँगुनारायणमा ७ पुरुष र एक महिला गरी ८ जना संक्रमितको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार