Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चोरीको क्यामेरासहित २ जना पक्राउ


    मंगलबार, मंसिर ३० २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । प्रहरी कार्यालय कास्कीले चोरीको सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रोल्पा स्थायी घर भई पोखरा बस्दै आएका १९ वर्षीय दीपक मगर र पोखरा महानगरपािलका–२२ पुम्दीभुम्दीका १९ वर्षीय अनिस बराईली रहेका प्रहरीले जनाएकाे छ ।

    उनीहरुले मंसिर २३ गते पोखरा महानगरपालिका–३ तेर्सापट्टीस्थितप्रविण बैधको घरमा रहेको क्यानन (इओएसडी) क्यामरा चोरी गरेको थिए ।

    कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठका अनुसार बैधले क्यामरा चोरी भएकाे जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएकाे हाे । उक्त क्यामेराको अन्दाजी बजारमूल्य २ लाख ५० हजार रहेको छ । उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार