काठमाडौँ । जापानका प्रधानमन्त्री शिगेरु इसिबाको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आगामी आम चुनावमा बहुमत गुमाएको छ ।
आइतबार सम्पन्न आम निर्वाचनमा एलडीपी र उनको सहयोगी कोमेटो पार्टीले २१५ सिट हासिल गरेको छ । बहुमतको आँकडा पार गर्न कुनै पनि दलले ४६५ मध्ये २३३ सिट जित्नुपर्नेछ । जापानको सार्वजनिक टेलिभिजन एनएचकेका अनुसार ले आइतबार यो जानकारी दिएको हो ।
त्यस्तै विपक्षी दल संबैधानिक डेमोक्रेटिक पार्टीसहित विपक्षी दलहरुले २३५ सिटमा जित हासिल गरेका छन् । यद्यपी संसदमा एलडीपी १८६ सिटसहित सबै भन्दा ठुलो पार्टी भने बनेको छ ।
रिपोर्टका अनुसार कथित आर्थिक घोटालालाई लिएर मतदाताहरू बीच असन्तुष्टिको असर निर्वाचन परिणाममा परेको छ ।
अक्टोबर १ मा जापानको प्रधानमन्त्रीको पदभार सम्हालेका इसिबाले जनताको समर्थन जुटाउनका लागि निर्वाचनको घोषणा गरेका थिए ।
२००९ पछि पहिलो पटक जापानको लिबरल डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत गुमाएको हो ।
निर्वाचनको परिणामपछि अब जापानको सरकार कसले बनाउछ भन्ने अझै स्पष्ट नभएको रिपोर्टमा उल्लेख छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend