Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका कारण सांसदको निधन


    सोमबार, मंसिर २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका लिवियाका एक जना सांसदको निधन भएको छ । 

    मोरक्कोस्थित एक अस्पतालमा उपचार गराइरहेका बेला सांसद ओमर गार्मिलको निधन भएको अधिकारीहरुले जनाएका छन् । 

    उहाँलाई झण्डै एक हप्ता अगाडि कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उहाँको उपचार भइरहेको थियो ।

    निधन भएका सांसद गार्मिल नोभेम्बरको अन्त्यतिर तान्जायर्समा भएको एउटा बैठकमा सहभागी हुनुभएको थियो । सो बैठकमा लिबियाका अरु १२० जना सांसद पनि सहभागी भएका थिए ।

    मोरक्कोको कुटनीतिक श्रोतका अनुसार सांसद गार्मिलको गत आइतबार नै निधन भएको हो । 

    मोरक्कोमा कोरोनाका कारण अहिलेसम्म झण्डै चार लाख मानिस सङ्क्रमित भएका छन् । तीमध्ये छ हजार ६२४ जनाको मृत्यु नै भएको छ । 

    त्यसैगरी लिबियामा अहिलेसम्म ९१ हजार जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने एक हजार ३१४ जनाको मृत्यु भएको छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार