Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कुलमानको एक्सनः अरबौं महसुल महसुल नतिर्ने उद्योगको लाइन काटियो


    बिहिबार, कार्तिक ८ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दिएको समयसीमाभित्र महसुल नतिर्ने उद्योगहरुको विद्युत लाइन काटिएको छ । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बर्षौदेखि तिर्न ताकेता गर्दा पनि नतिरेका ती उद्योगलाई आजसम्म महसुल बुझाउन समयसीमा दिइएको थियो ।

    समयसीमाभित्र महसुल नतिरेपछि बिहीबार रातिदेखि त्यस्ता उद्योगको लाइन काट्न सुरु गरिएको छ । बिहीबार बिहान बसेको विद्युत प्राधिकरण संचालक समिति बैठकमा लाइन नकाट्ने पक्षमा ऊर्जामन्त्री दीपक खड्का थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने उद्योगको लाइन नकाट्ने मन्त्रिपरिषदकै निर्णय हुनुपर्ने अडान राखेका थिए । मन्त्रिपरिषदको बिहीबारको बैठकमा यो बिषयमा ऊर्जामन्त्री खड्काले कुरा गरे पनि निर्णय केही नभएपछि प्राधिकरणले लाइन काट्न सुरु गरेको जनाएको छ ।

    विद्युत प्राधिकरणले बिहीबारदेखि रातिदेखि महसुल नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको हो । बिहीबार राति १० बजेसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिसकिएको छ ।

    प्रधानमन्त्रीमा नियुक्त भएकै दिन केपी शर्मा ओलीले महसुल नतिर्ने उद्योगीको पक्षमा बोलेर तुरुन्त काटिएको लाइन जोड्न निर्देशन दिएका थिए । पवन गोल्यान, पशुपति मुरारका, सुलभ अग्रवालका उद्योगहरुले डेडिकेटेड र ट्रंकलाइनको बिद्युत महसुल २२ अर्ब तिर्न बाँकी छ । तर उनीहरुले मुद्दामामिला गर्ने, आयोग बनाउनेदेखि सरकारमै प्रभावमा पारी महसुल तिर्न आनाकानी गर्दैआएका छन् । ब्यापारीको प्रभावमा परी प्रधानमन्त्री ओलीले लेखासमितिमार्फत् उल्टै महसुल उठाउन लागेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै हटाउने चलखेल गरेको थियो ।

    ४९ उद्योगले पुरानो बक्यौता तिर्न अटेर गर्दैआएका छन् । ४९ उद्योगमा विद्युत लाइन काटेर कुलमानले साहस देखाएका छन् । नेपाल विद्युत प्राधिकरणले गत असार १० गते १५ दिनको समय तोकेर पैसा तिर्न भन्दै ६१ उद्योगलाई पत्र काटेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार