काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दिएको समयसीमाभित्र महसुल नतिर्ने उद्योगहरुको विद्युत लाइन काटिएको छ । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बर्षौदेखि तिर्न ताकेता गर्दा पनि नतिरेका ती उद्योगलाई आजसम्म महसुल बुझाउन समयसीमा दिइएको थियो ।
समयसीमाभित्र महसुल नतिरेपछि बिहीबार रातिदेखि त्यस्ता उद्योगको लाइन काट्न सुरु गरिएको छ । बिहीबार बिहान बसेको विद्युत प्राधिकरण संचालक समिति बैठकमा लाइन नकाट्ने पक्षमा ऊर्जामन्त्री दीपक खड्का थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने उद्योगको लाइन नकाट्ने मन्त्रिपरिषदकै निर्णय हुनुपर्ने अडान राखेका थिए । मन्त्रिपरिषदको बिहीबारको बैठकमा यो बिषयमा ऊर्जामन्त्री खड्काले कुरा गरे पनि निर्णय केही नभएपछि प्राधिकरणले लाइन काट्न सुरु गरेको जनाएको छ ।
विद्युत प्राधिकरणले बिहीबारदेखि रातिदेखि महसुल नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको हो । बिहीबार राति १० बजेसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिसकिएको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएकै दिन केपी शर्मा ओलीले महसुल नतिर्ने उद्योगीको पक्षमा बोलेर तुरुन्त काटिएको लाइन जोड्न निर्देशन दिएका थिए । पवन गोल्यान, पशुपति मुरारका, सुलभ अग्रवालका उद्योगहरुले डेडिकेटेड र ट्रंकलाइनको बिद्युत महसुल २२ अर्ब तिर्न बाँकी छ । तर उनीहरुले मुद्दामामिला गर्ने, आयोग बनाउनेदेखि सरकारमै प्रभावमा पारी महसुल तिर्न आनाकानी गर्दैआएका छन् । ब्यापारीको प्रभावमा परी प्रधानमन्त्री ओलीले लेखासमितिमार्फत् उल्टै महसुल उठाउन लागेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै हटाउने चलखेल गरेको थियो ।
४९ उद्योगले पुरानो बक्यौता तिर्न अटेर गर्दैआएका छन् । ४९ उद्योगमा विद्युत लाइन काटेर कुलमानले साहस देखाएका छन् । नेपाल विद्युत प्राधिकरणले गत असार १० गते १५ दिनको समय तोकेर पैसा तिर्न भन्दै ६१ उद्योगलाई पत्र काटेको थियो ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend