Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १ करोड ६३ लाखको चेक बाउन्स मुद्दामा फरार प्रतिवादी पाेद्दार पक्राउ


    सोमबार, मंसिर २९ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सिआइबी) ले चेक अनादर मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेकाे छ । 

    पक्राउ पर्नेमा काठमाडाैं महानगरपालिका-११ बबरमहलका ४८ वर्षीय अनिल पाेद्दार रहेका छन् । उनलाई सिआइबीले मंसिर २८ गते आइतबार काठमाडाैंकाे कलंकीमा लुकिछिपी बसेकाे अबस्थामा पक्राउ परेकाे हाे ।

    पक्राउ परेका अनिलले आफ्नाे बैंक खातामा प्रयाप्त रकम नभएकाे जानी-जानी काठमाडाैं-१० बुद्दनगर बस्ने नानीबाबु खरेललाई एक कराेड त्रीसठ्ठी लाख रूपैयाँकाे चेक दिइ फरार रहेका थिए ।

    काठमाडाैं जिल्ला अदालतले पीडित खरेलले दिएकाे जाहेरी उपर फैसला गर्दै उनलाई एक महिना कैद, ३ हजार रूपैयाँ जरिवाना र एक कराेड त्रीसठ्ठी लाख रूपैयाँ बिगाे भराउने फैसला गरेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार