Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • क्यानडामा विदेशी कामदारको संख्या घटाउने प्रधानमन्त्री ट्रुडोको घोषणा


    बिहिबार, कार्तिक ८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा अस्थायी विदेशी कामदारको संख्या घटाउने बताएका छन् । जस्टिन ट्रुडोले क्यानडामा अस्थायी विदेशी कामदारहरूको संख्या घटाइने बताएका हुन् ।

    उनले भनेका छन्, ‘हामी कम्पनीहरूका लागि कडा नियमहरू लिएर आउँदैछौं, जसमा उनीहरूले किन क्यानाडाली कामदारहरूलाई पहिले काममा राख्न सक्दैनन् भनेर व्याख्या गर्नुपर्नेछ ।’

    खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीचको सम्बन्धमा तनावको स्थितिको समयमा प्रधानमन्त्री ट्रुडोले यस्तो बताएका हुन् ।

    उनको यो घोषणाले ठुलोसंख्यामा क्यानडामा रहेका भारतीयसहित विदेशी विद्यार्थी प्रभावित हुनसक्ने विश्लेषण गरिएको छ ।

    भारतबाट लाखौं विद्यार्थी अध्ययनका लागि क्यानडा जान्छन् । भारतको विदेश मन्त्रालयको डिसेम्बर २०२३ को दस्तावेज अनुसार २ लाख ३० हजार भारतीय विद्यार्थी क्यानडामा अध्ययनरत रहेका छन् भने क्यानडामा कुल भारतीयको संख्या १८ लाख भन्दा बढी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार