काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पूरा भएका छन् । बुधबार प्रधानमन्त्री ओलीले सय दिन पुगेको अवसरमा गरेका कामको विवरण सार्बजनिक गरे । उनले आफूले विश्वासको मत लिदा गरेका बाचाको ७० प्रतिशत पूरा गरेको दाबी गरे । बाँकी ३० प्रतिशत प्राकृतिक विपद्का कारण पूरा हुन नसकेको समेत उल्लेख गरे ।
ओली सरकारको सय दिनको कामको विश्लेषण गर्नुअघि यो सरकार निर्माणको पृष्ठभूमिबारे चर्चा गर्नु सही हुन्छ ।
यो सरकार देशकै ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार हो । सामान्यतया धेरै कम पटक यस्तो अवसर आउँछ, जहाँ देशका प्रमुख प्रतिद्वन्दी दल मिलेर सरकार बनाउँछन् । हो अहिले पनि यस्तै दुर्लभ सरकार बनेको छ । प्रचण्ड अस्थिर भएर गठबन्धन फेरिरहेपछि पालैपालो धोका खाएका कांग्रेस(एमाले एक ठाउँमा आएर र सरकार बनाए ।
जनतामा छाएको चरम निराशा, बढ्दो बेरोजगारी, विदेशिने प्रवृति, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरताको बीचमा कांग्रेसको सहयोगमा ओलीले सरकार बनाएको स्पष्ट नै छ ।
अब सय दिन शासन गरेका ओलीले के माथि उल्लेखित समस्यामा काम गरे त ? ओलीले सम्पन्न गरे भनेका ७० प्रतिशत काममा यी समस्या परेको देखिंदैन ।
देशमा परेको ठूलो प्राकृतिक विपदको सामना गर्न सरकार असफल नै भयो । राजधानीमै सरकार उद्धार गर्न असफल भयो । पूर्वतयारीमा काम गरेको देखिएन । सरकारकै संयन्त्रले पूर्व सूचना दिएर चेतावनी दिंदा पनि सरकारका अन्य संयन्त्रले थाहा नपाए जस्तो गरेको पाइयो ।
यति ठुलो प्राकृतिक विपदमा न त सरकारको पूर्वतयारी देखियो न त विपदपछि सक्रियता नै देखियो । उही परम्परागत रुपमा विपद आएपछि सेना प्रहरी परिचालन गर्ने, मन्त्री पछि हेलिकप्टर लिएर अनुगमन गर्ने, विरालो बाध्ने शैलीमा राहतको निर्णय गर्ने र आरामले राहत दिए जस्तो गर्ने कामलाई नै यो सरकारले निरन्तरता दियो ।
न त यसअघि प्रचण्ड नेतृत्वको सरकारले त्रिशुलीमा बेपत्ता दुई बस खोज्नमा देखायो, न त त्यसपछि असोज १० देखि १२ सम्म आएको भीषण वर्षापछिको विपदमा अहिलेको सरकारले नै देखायो । यसमा प्रचण्ड वा ओली भएर यस्तो फरक भयो भन्ने देखिएन । अझ प्रधानमन्त्री ओली त यता विपदले जनताको विचल्ली हुँदा अमेरिकामा बरालिदै गरेको पाइए । उनले आफ्नो यात्रा टुंगाएर स्वदेश फर्किने इच्छाशक्ति नै देखाएनन् ।
अब कुरा गरौँ प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका आफ्ना उपलब्धिमा विपदमा प्रभावितलाई राहत रकम बाँडेको, खानेपानी, विद्युत, सञ्चार, सडक मर्मत गरेको जस्ता विषय उल्लेख गरेका छन् । यो उपलब्धि कसरी भयो र ? यो त नगरी नहुने काम हो, सरकारको उपलब्धि होइन ।
एउटा उदाहरण नै लिऊँ, ओली सरकारको पहिलो निर्णय किर्तिपुरको क्रिकेट स्टेडियम ३०० दिनमा बनाउने थियो । सय दिनमा के के भयो त ? प्रधानमन्त्रीले स्पष्ट रुपमा भन्न सक्नुहुन्छ ? अहिले पनि तयारी हुँदैछ, निर्देशन दिएका छौं, पहल गर्दैछौं भन्नुहुन्छ । हो समस्या यहीँनिर नै हो ।
प्रधानमन्त्रीले दुध र उखु किसानलाई गरेको भुक्तानी, रासायनिक मलको व्यवस्थालाई उपलब्धिमा राख्नुभएछ, यसरी त अब कर्मचारीलाई तलब खुवाएको, भत्ता दिएको पनि राखे भयो त । यस्ता अति सामान्य र नगरी नहुने विषयलाई उपलब्धि मानेर प्रधानमन्त्रीले आफैंंले आफ्नो उपहास गरेको देखिन्छ ।
प्रश्न प्रधानमन्त्रीले आम जनताको निराशा चिर्न के काम गर्नुभयो भन्ने हो । सरकारले देशको बेरोजगारी कम गर्न नीतिगत र ठोस कार्यक्रम के बनायो भन्ने हो ?
सरकारले अति सामान्य सवारी लाइसेन्स प्रिन्ट गरेर दिन नसकेर एपमा राखेको विषयलाई तीर मारेको जस्तो प्रचार गरेको सुहाएको छैन ।
प्रधानमन्त्रीले बुझ्नुपर्ने कुरा के छ भने करिब दुई तिहाईको सरकारले अब सडक मर्मत गरे, राहत बितरण गरे, निर्देशन दिए भनेर सुख पाइने र आमा जनताले सरकारको महसुस गर्ने अवस्था छँदैछैन ।
हजारौं लाखौं जनताका समस्यालाई एकै नीतिगत निर्णय र योजनाले सम्बोधन गरेर सरकार भएको महसुस गराउनुपर्ने समय हो अहिले । सय दिनको कामको विश्लेषण गर्दा प्रधानमन्त्रीसँग वा सरकारसँग त्यस्तो कार्यक्रम नै छैन जस्तो सजिलै बुझ्न सकिन्छ । त्यसैले यो सय दिन पनि त्यसरी नै बित्यो जसरी यस अघिका सरकारका बितेका थिए । नयाँ कुरा केही भएनन् वा सरकारले गर्न सकेन ।
राजनीतिक रुपमा कांग्रेस(एमाले मिलेर सरकार चलाउने विषय प्रचण्डसहितका विपक्षीलाई किनारा लगाउनेबाहेक देशको विकास र अहिलेका देशका समस्या समाधानप्रति केन्द्रित हुने सम्भावना नै देखिंदैन । किनकि कांग्रेस–एमाले मनदेखि मिलेका छैनन् । उनीहरुबीच अविश्वास र डर छ, जसले डेलिभरी दिने विषयमा अवरोध गरिरहेको छ ।
उनीहरु अहिले धेरै नजिक हुन पनि डराएका छन् किनकि भोलि एक अर्काविरुद्ध चुनाव लड्नु नै छ, टाढा हुन पनि सकेका छैनन् किनकिअहिले मिलेर सरकार पनि चलाउनु छ ।
अब निष्कर्षमा ओली नेतृत्वको सरकारको सय दिन हात्ती आयो हात्ती आयो फुस्स भएको छ, कुनै किसिमको उत्साह जगाउन असफल भएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend