Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • मोरङमा ट्रयाक्टर दुर्घटना : चालककाे मृत्यु


    सोमबार, मंसिर २९ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । मोरङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

     मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीमा गुडिरहेको ट्रयाक्टर नहरमा खस्दा चालक सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका चालक ५५ वर्षीय आशाराम चौधरीको मृत्यु भएको हाे ।

    प्रहरीका अनुसार गएराति इक्राहीस्थित भित्री सडकखण्डमा दक्षिणतर्फ जाँदै गरेको अनटेस्ट ट्रयाक्टर अनियन्त्रित भएर नहरमा खसेको थियाे ।

    गुडिरहेको ट्रयाक्टर नहरमा खसेर भएकाे दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार