Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङमा गुडिरहेको बसमा आगलागी


    सोमबार, मंसिर २९ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तुलसीपुर ।  दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताउनुभयो ।

    आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५÷१६ जना यात्रु भएको प्रहरीले बताएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार