Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • पेट्रोलियम पदार्थ तस्करी गर्ने तीन जना पक्राउ


    आइतबार, मंसिर २८ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सप्तरी । सप्तरी प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नेपाल–भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र यादव, अरविन्द मण्डल र लालबाबु मण्डललाई आज पक्राउ गरिएको हो ।

    दुई मोटरसाइकल र एक साइकलमा गरी १०० भन्दा बढी लिटर डिजल अवैध रुपमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए ।

    पेट्रोलियम पदार्थको तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय सखडामा राखी उनीहरुमाथि कानूनी प्रक्रिया अघि बढाएको प्रनाउ साहले जानकारी दिए ।

    गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तीनै जनालाई दशगज्जा क्षेत्रबाटै नियन्त्रणमा लिएको थियो । नेपालबाट डिजल खरिद गरी भारततर्फ पु-याइरहेको सूचना पाइएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    यता पक्राउ परेकाको रिहाइको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय छिन्नमस्ता (सखडा) घेराउ गरी प्रदर्शन गरेका थिए । पेट्रोलियम पदार्थसहित प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय आन्दोलित भएका हुन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार