Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा


    शनिबार, कार्तिक ३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । भारतको राजधानी दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा पुगेको छ ।

    प्रदुषणको स्तर मापन गर्ने आइक्यूएयरका अनुसार शनिबार बिहान दिल्लीको एयर क्वालिटी इन्डेक्स ४२७ रहेको छ । यो हाल विश्वकै कुनै पनि शहरको प्रदुषण स्तरमा सबै भन्दा बढी हो । यस्तो अवस्थामा आगामी दिनमा मानिसहरूलाई श्वासप्रश्वासमा थप समस्या हुन सक्ने चेतावनी दिइएको छ ।

    दिल्लीमा १३ प्रदुषण हटस्पट छन् । दिल्ली सरकारले प्रदूषण न्यूनीकरणका लागि समन्वय समिति गठन गरेर धुलो प्रदुषण कम गर्न राजधानीमा ८० वटा मोबाइल एन्टी स्मोग गन राखिएको बतएको छ ।

    दिल्लीपछि पाकिस्तानको लाहोर शहरको एयर क्वालिटी इन्डेक्स ४१२ रहेको छ । यस सूचीमा काठमाडौँको एयर क्वालिटी इन्डेक्स अहिले १६२ रहेको छ जुन अस्वस्थ्य मानिन्छ ।

    १५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था (खतरनाक) मानिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार