Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मनाव बेचविखनकाे आरोपमा महिला पक्राउ


    आइतबार, मंसिर २८ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गैरकानूनी रूपमा दक्षिण अफ्रिका पुर्‍याएको आरोपमा एक महिलालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल काठमाडौं महानगर-७ कुमारीगाल बस्ने ५० वर्षीया अनिता तामाङ रहेकी प्रहरीले जनाएकाे छ। उनलाई आइतबार चावहिल कुमारीगालबाट पक्राउ गरिएकाे हाे ।

    उनीमाथि वैदेशिक रोजगारीमा आकर्षक तलब दिने प्रलोभनमा पारी पाँच जनालाई दक्षिण अफ्रिका पुर्‍याएको आरोप छ। २०७३ साल चैत ३ गते पाँच जनालाई भारतबाट कतार हुँदै दक्षिण अफ्रिका सम्म पुर्‍याए शारिरिक, मानसिक तथा आर्थिक शोषण गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुराग कुमार द्विबेदीले जानकारी दिए ।

    उनका अनुसार पीडितलाई चार/पाँच महिना सम्म बन्धक बनाइएको थियो। पछि उनीहरू कोही नभएको मौकामा भागेर नेपाली राजदूतावास पुगेका थिए।

    दूतावासले नेपालमा रहेका आफन्तहरूसँग समपर्क गरी उनीहरूलाई फर्काइएको थियो। नेपाल आएपछि उनीहरूले जाहेरी दिएको आधारमा प्रहरीले ताप्लेजुंङ मिरिङदेउ गाउँपालिका-४का ४३ वर्षीय गणेशकुमार लोंवालाई मंसिर १६ गते पक्राउ गरेको थियो। यसबारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार