रौतहट । गृहसचिव महेश्वर न्यौपानेले आचरण विपरित काम गर्ने जोकोही कर्मचारीलाई कार्वाही गर्न निर्मम हुने चेतावनी दिएका छन्।
सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको उदघाटन समारोहलाई सम्बोधन गर्दै सचिव न्यौपानेले उक्त चेतावनी दिएका हुन् ।
उनले विकास आयोजनाका गतिविधिमाथि पनि नजर राख्न र समयमा काम भए नभएको अनुगमन गरि कार्यवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिए ।
राज्यबाट ठुला विकास आयोजनाहरुको ठेक्का लिने र मोबिलाइजेसनको पैसा लिएर ठेकेदार फरार हुने गरेको अवस्था रहेकोले त्यसविरुद्ध पनि प्रहरी प्रशासन लाग्नुपर्ने उनको तर्क छ ।
रौतहट लगायत प्रदेश २ का अन्य जिल्लाहरुमा समेत अपराधका घटनाहरु बढेको भन्दैै त्यस्ता घटना हुन नदिन राज्य निर्मम ढंगले अगाडि बढ्ने उनले बताए ।