Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिहारमा विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु


    बिहिबार, कार्तिक १ २०८१
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बिहारमा विषाक्त मदिराका कारण २४ जनाको मृत्यु भएको छ ।

    भारतीय मिडियाहरुका अनुसार विहारको सिवान र सारण जिल्लामा अहिलेसम्म विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सिवान जिल्लामा २० जनाको मृत्यु भएको छ भने सारण जिल्लामा चार जनाको मृत्यु भएको छ ।

    सरण जिल्लाको मसरख क्षेत्र र सिवानको भगवानपुर बजार क्षेत्र मुख्य रूपमा प्रभावित भएको बताइएको छ । राज्य सरकारले यो घटनालाई गम्भीरताका साथ लिएको र बिहार पुलिस कडा कारबाही गर्न तयार भएको बताएको छ ।

    यस घटनामा अहिलेसम्म ९–१० जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।

    मुख्यमन्त्री नितिश कुमारले लागुऔषध निषेध, उत्पादन तथा पञ्जीकरण विभागका सचिवलाई घटनास्थलमा गएर सम्पूर्ण अवस्थाको जानकारी लिन निर्देशन दिएका छन् । बिहारमा सन् २०१६ देखि मदिरा प्रतिबन्ध कानुन लागू रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार