काठमाडाैँ । सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएका न्यायाधीशविरुद्ध उजुरी परेकाे छ। गिरी प्रतिवादी भएको एक विवादास्पद फैसलाबारे न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी परेको हाे ।
परिषद्का सचिवालयका शाखा अधिकृत रमेश आचार्यका अनुसार पीडित महिलाले आइतबार न्याय परिषद्मा उजुरी दर्ता गराएकी हुन्।
बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबाका पक्षमा सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालाले फैसला गरेपछि उनी विवादमा तानिएका छन् ।
पीडित पक्ष मंसिर २४ गते नै उजुरीका लागि न्याय परिषद् पुगेका भएपनि प्रक्रिया पुर्याएर आजमात्रै उजुरी दर्ता भएको हो । गिरीमाथि अनुयायी महिलामाथि बलात्कार गरेको आरोप लागेको छ ।