Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यार्सागुम्बासहित ४ जना पक्राउ


    आइतबार, मंसिर २८ २०७७
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले यार्सा गुम्बासहित ४ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा सिन्धुली दुधौलीका २४ वर्षीय विशाल परियार, रामेछाप हिमगंगाका ५९ वर्षीय सुनिल तामाङ, सुर्खेत बराहतालका ५५ वर्षीय शेर बहादुर थापा र संखुवासभा चैनपुरका २२ वर्षीय हिमाल गुरुङ रहेका छन्।

    गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिकमा अवैध रुपमा बहुमूल्य जडिबुटी यार्सागुम्बाको खरिद बिक्रीको कारोबार भइरहेकाे गोप्य सूचनाको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरीका अनुसार उनीहरुको साथबाट ८६७ ग्राम यार्सागुम्बा फेला परेकाे छ ।

    यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार