Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ सय ४६ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा


    आइतबार, मंसिर २८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर हाल ३ सय ४६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ९४ जना आइसियु र ५२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    प्रदेश १ मा ३९ आइसियु र १० भेन्टिलेटरमा, प्रदेश २ मा ७ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छन्। 

    बागमती प्रदेशमा १ सय ७ आइसियु र २४ भेन्टिलेटरमा, गण्डकीमा ८३ आइसियु र ९ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४६ आइसियु र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    कर्णाली प्रदेशमा ५ जना आइसियु र ३ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ७ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि शनिबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३ सय ३ थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार