Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा ३ सय ४८ संक्रमित थपिए


    आइतबार, मंसिर २८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १५० महिला र १९८ पुरुष गरी ३४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १५ हजार ७८० जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २५८ , ललितपुरमा ६५ र भक्तपुरमा २५ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

    त्यसैगरी, आज काठमाडौंमा २ र ललितपुमा १ जना गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    हालसम्म काठमाडौंमा मात्र ९२ हजार ९४६ जना संक्रमित भएका छन्, जसमध्ये ४४३ जनाको मृत्यु भएको छ। हालसम्म ८८ हजार २५८  जना निको भएका छन्। ललितपुरमा १४ हजार ३८२ जना संक्रमित भएका छन्। जसमा १३३ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ३९२ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ४५२ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ५ जना निको भएका छन्।

    आज काठमाडौमा ४ हजार २४५, ललितपुरम ८५७ र भक्तपुरमा ३५० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर ८३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार