Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १७ सय नजिक


    आइतबार, मंसिर २८ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकैदिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १५ जना संक्रमितको मृत्यु भएको थियो। 

    एकै दिन ८ सय ३० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ८४ हजार ४ सय २३ पुगेको छ। कुल संक्रमितमध्ये १० हजार ९ सय ९४ जना सक्रिय संक्रमित छन्। 

    गत २४ घण्टामा ५ हजार १ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ३१ हजार ४१ पुगेको छ। हाल ५ सय १६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार