Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वभर काेराेनाका कारण मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो


    आइतबार, मंसिर २८ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेहरुको संख्या १६ लाख नाघेको छ।  जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार १६ लाख ३ हजार ४ सय १५ संक्रमितको मृत्यु भएको हो। 

    अमेरिकामा २ लाख ९७ हजार ६ सय ७४, ब्राजिलमा १ लाख ८१ हजार १ सय २३, भारतमा १ लाख ४२ हजार ६ सय २८, मेक्सिकोमा १ लाख १३ हजार १९ र बेलायतमा ६४ हजार १ सय २३ जनाको मृत्यु भएको छ। 

    यस्तै, इटालीमा ६४ हजार ३६, फ्रान्समा ५७ हजार ६ सय ७१, इरानमा ५१ हजार ९ सय ४९ र स्पेनमा ४७ हजार ६ सय २४ जनाको मृत्यु भएको छ।

    अमेरिकामा संक्रमितको संख्या १ करोड ६० लाख ३५ हजार ५ सय ३७, भारतमा ९८ लाख २६ हजार ७ सय ७५, ब्राजिलमा ६८ लाख ८० हजार १ सय २७ र रुसमा २६ लाख २ हजा ४८ जना रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार