Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उखु किसानद्वारा माइतीघरमा प्रदर्शन, माग पूरा नभए बालुवाटार घेराउ गर्ने चेतावनी


    आइतबार, मंसिर २८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पूरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौंमा आन्दोलन शुरु गरेका छन् ।

    उनीहरूले गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

    काठमाडौं केन्द्रित आन्दोलनको कार्यक्रमअन्तर्गत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो व्यथा सुनाउने किसानको तयारी छ । माइतीघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

    सरकारले किसानसँग गरेको पटक–पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यौता प्राप्त गर्नुपर्ने भए पनि एक वर्षमा कुनै प्रगति नभएको उनीहरुको गुनासो छ ।

    सरकारी तथ्यांकअनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ । श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपैयाँ किसानलाई दिन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार