Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अख्तियारका पूर्वप्रमुख बस्न्यात विशेष अदालतमा उपस्थित, बयान जारी


    आइतबार, मंसिर २८ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतमा उपस्थित भएका छन् ।

    सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा भ्रष्टाचार मुद्दामा परेका अख्तियार पूर्वप्रमुख बस्न्यात आइतबार विशेष अदालतमा उपस्थित भएका र उनको बयान भइरहेको विशेष अदालतका प्रवक्ता एवं उपरजिष्ट्रार पुष्पराज पाण्डेयले बताए ।

    बयान सकिएपछि विशेष अदालतले बस्न्यातलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्नेमध्ये एउटा आदेश दिनेछ ।

    विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा अहिले बयान चलिरहेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार