Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने


    आइतबार, मंसिर २८ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कास्की । मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ ।

    एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई सुनको पदकसहित सम्मान गरिने राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसमेत रहनुभएका एकेडेमीका संयोजक राजेश गुरुङले जानकारी दिनुभयो ।

    सो दिन सागमा विशेष योगदान गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई समेत सम्मान गरिने जनाइएको छ । सोही दिन खुला रक्तदान कार्यक्रम राखिएको छ । सागमा बक्सिङको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको समयमा स्वर्ण पदक जित्ने खेलाडीलाई सुनको पदक दिने आफूले घोषणा गरेबमोजिम पदक विजेता खेलाडीलाई सुनको पदकले सम्मान गरिने गुरुङले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “मैले बक्सिङका खेलाडीलाई हौसला प्राप्त होस् भनेर पुरस्कार घोषणा गरेको थिएँ, सोहीअनुसार स्वर्ण विजेतालाई सुनको पदकबाट सम्मान गर्नेछौँ ।” संयोजक गुरुङ बक्सिङका पूर्वखेलाडी तथा नेपाल बक्सिङ सङ्घका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ ।

    एकेडेमीले यही मङ्सिर ८ गते पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा निधन हुनुभएका प्याराग्लाइडिङका पाइलट एवं बडीविल्डिङ तथा कराँतेका खेलाडी राजु नेपालीको परिवारलाई समेत रु एक लाख एक हजार १११ आर्थिक सहयोग गर्ने एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार