Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोलीबाट प्रभु लाइफ इन्स्योरेन्सको आइपीओे निष्कासन


    आइतबार, मंसिर २८ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। भोलीबाट प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० करोड रुपैयाँको प्राथमिक सेयर (आइपीओे) निष्कासन गर्ने भएको छ ।कम्पनीले भोली मंसिर २९ गतेदेखि सर्वसाधारणलाई आइपीओे जारी गर्न लागेको हो । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको छ ।

    प्रभु लाइफ इन्स्योरेन्सले एक सय रुपैयाँं अंकित दरमा ६० लाख कित्ता सेयर ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामुहिक लागनीकोषहरुलाई दिनेछ । बाँकी ५४ लाख कित्ता सर्वसाधारणले पाउने छन् ।

    प्रभु लाइफको आइपीओ निष्काशन बन्द छिटोमा पौष २ गते र ढिलोमा पौष १३ गते हुने कम्पनीले जनाएको छ । न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँ देखि ५००० कित्ता अर्थात ५ लाख रुपैयाँसम्मको आवेदन गर्न सकिने छ । १० कित्ताकादरले बाँडफाँड गरिने नीति भएकाले १० कित्ता नै भर्दा उपयुक्त देखिन्छ । आइपीओ बिक्रीका लागि प्रभु लाइफले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई  नियुक्त गरेको छ ।

     इन्स्योरेन्सको पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ जारी गरेपछि कम्पनीको पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ प्रभु इन्स्योरेन्समा प्रभु ग्रुपका १२ जना सहित १७४ संस्थापक सेयरधनी रहेका छन् । प्रभु इन्स्योरेन्सको  प्रमुख संस्थागत सेयर धनीहरुमा प्रभु बैंक, सांग्रिला विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्स रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार