Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महालक्ष्मी विकास बैंकमाथि सीआईबीको छानबिन, बैंकका उच्चतहका कर्मचारी पनि तानिंदै 


    आइतबार, मंसिर २८ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । महालक्ष्मी विकास बैंकमा भएको अनियमिततामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छानबिन थालेको छ । बैंकका केही कर्मचारीलाई ब्यूरोले पक्राउ गरिसकेको छ ।

    स्रोतका अनुसार कर्जा प्रवाहमा ठूलो हिनामिना भएको छ । कमसल धितोमा धेरै कर्जा प्रवाह भएको खुलेपछि छानबिन सुरु भएको छ । हिनामिनामा बैैंकका उच्च तहका कर्मचारी समेत यसमा तानिने सम्भावना छ । महालक्ष्मी विकास बैंकमा साविकको यति विकास बैंक समेत मर्ज भएको हो ।

    यति  समेत मर्ज भएको महालक्ष्मी विकास बैंकले पोखराका सुन ब्यवसायी कमल गुभाजुलाई ४ करोड ८० लाख रुपैयाँ ऋण दिएर ३८ करोड रुपैयाँ बराबरको सम्पत्ति हडपेको  राष्ट्रबैंकमा उजुरी छ । गुभाजुले लगेको ऋण तिरे पनि यतिले उनको ३८ करोड बराबरको सम्पत्ति हडपेको थियो । यति विकास बैंकका तत्कालीन सीइओ भूषण राणासहितको टोलीले उनको घरजग्गा हडपेका हुन् । पोखराको मोहरिया टोल स्थायी घर भएका प्रतिष्ठित सुन कारोबारी कमलमान गुभाजुको सारा सम्पत्ति गैरकानुनी रुपमा हडपेर राणाले सडकमा ल्याएपछि उनी न्यायका लागि राष्ट्रबैंकदेखि सबै निकायमा धाए पनि भूषण राणा कांग्रेस सभापति शेरबहादुर देउवाका साला भएकाले सुनुवाइ भएको छैन ।

    guvaju.jpg

     महालक्ष्मी विकास बैंक पीडित कमल गुभाजु 

    महालक्ष्मी विकास बैंकमा यति बैंक गाभिएपछि पनि गुभाजुले न्याय पाएका छैनन् । महालक्ष्मी बैंक (साविक यति) ले राष्ट्रबैंकमा समेत प्रभावमा पारी उनको ३८ करोडको सम्पत्ति हडपेको बिषयमा भइरहेको छानबिन रोक्दैआएको छ । गुभाजुका पोखराका घरजग्गादेखि तनहुँ र चितवनका सबै सम्पत्ति महालक्ष्मी बैंकले हडपेको छ । लिएको ऋण तिर्दा पनि गुभाजुको सम्पत्ति महालक्ष्मीले हडपेको बिषयमा न्यायका लागि सरोकारवाला सबै निकायमा धाएको गुभाजु रुँदै बताउँछन् ।

    महालक्ष्मी विकास बैंकमा विवादास्पद ब्यापारी अजयराज सुमार्गीको लगानी छ । सुमार्गीले ब्रिटिस भर्जिन आइल्याण्ड र साइप्रसबाट नेपाल भित्र्याएको स्रोत नखुलेको ३ अर्ब रुपैयाँ नेपालमा ल्याएको बिषय अहिलेसम्म पनि टुंगिएको छैन । ७ बर्षदेखि उक्त रकम राष्ट्रबैंकले रोकेको छ । कर छलीमार्फत् गैरकानूनी रूपमा आर्जन गरेको रकम उनले भित्र्याउन खोजेको शंका राष्ट्र बैंकको छ । राष्ट्र बैंकका अनुसार उक्त रकम नेपाल इन्भेस्टमेन्ट बैंकमा डिपोजिट छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार