काठमाडौँ । दशैंको फूलपातीबाट तीन नेपाली फिल्म ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । ठुला तीन फिल्मको भिडन्तले नेपाली बक्स अफिसलाई रोमाञ्चक बनाउने भएको छ ।
सोमबारबाट यी तिनै फिल्मको मल्टीप्लेक्सहरुमा अग्रिम बुकिङ खुला भैसकेको छ । मल्टीप्लेक्सहरुमा सुपरहिट सिरिज‘छक्का पञ्जा ५’ अन्य दुई फिल्मभन्दा धेरै शोज पाएको छ ।
देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘छक्का पञ्जा ५’ लाई कूल ९० शोज दिएको छ । यस्तै, काठमाडौंका आईएनआई, वान् सिनेमाज्, बिग मुभिज, बिएसआर मुभिज्, एफक्यूब, रञ्जना सिनेप्लेक्ससहित उपत्यकाबाहिरका मल्टीप्लेक्सहरुले पनि ‘छक्का पञ्जा ५’लाई उच्च प्राथमिकतामा राखेका छन् ।
देशभर ‘छक्का पञ्जा ५’ पहिलो दिन करिब ३ सय शोज पाउने सम्भावना दिएको छ । त्यसपछि भने फिल्मप्रति दर्शकको प्रतिक्रियाका आधारमा शोज तय हुने छ ।
त्यसै विराज भट्टको फिल्म ‘१२ गाउँ’ ले क्यूएफएक्स चेनमा ५३ शोज पाएको छ । यस फिल्मले सबै गरेर पहिलो दिन डेढ सयको हाराहारीमा शोज पाउने देखिएको छ । फिल्मको ट्रेलरले दर्शकमा निकै राम्रो उत्साह देखाएको छ भने फिल्मको एड्भान्स बुकिङ पनि राम्रो रहेको छ ।
त्यसैगरी जितु नेपालको फिल्म ‘ज्वाइँ साब’ पहिलो दिन देशभर सयको हाराहारीमा शोज पाउने भएको छ । क्यूएफएक्सले फिल्मलाई ४० शोज दिएको छ । त्यस्तै घटस्थापनाबाट रिलिज भएको‘बेहुली फ्रम मेघौली’ को भने फूलपातीबाट शोज कम हुने देखिएको छ ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend