काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैँ २०८१ को पावन अवसरमा नेपाली सेनाद्वारा आश्विन २४ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाई समारोहको प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार अन्तिम निरीक्षण गरेका छन् ।
निरीक्षण पश्चात् प्रधान सेनापतिले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र इन्जिनियर तालिम शिक्षालयलाई युनिट झण्डा हस्तान्तरण गरेका छन् । सोही अवसरमा उनले विशेष फौज बाहिनी अन्तर्गत यस वर्ष सञ्चालित युद्धकार्य तथा पेसागत प्रतियोगिताको नेभिगेसन र वेस्ट स्नाइपर दुवै विधामा प्रथम हुने महावीर शौर्य गण (रेन्जर) लाई पुरस्कार वितरण गरेका छन् ।
त्यसै गरी, महाशिवरात्री तथा नेपाली सेना दिवस समारोह २०८० को उपलक्ष्यमा नेपाली सेनाले लोपोन्मुख थाली नाच वृहत् रूपमा प्रदर्शन गरी विश्व कीर्तिमान कायम गरे बापत वर्ल्ड बुक अफ रेकर्ड्सको तर्फबाट नेपाली सेनालाई ओरिजिनल सर्टिफिकेट हस्तान्तरण गरिएको थियो भने प्रधानसेनापतिले वर्ल्ड बुक अफ रेकर्ड्सका नेपालस्थित निर्णायकहरूलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
कार्यक्रमका दौरान प्रधान सेनापतिले विकट भौगोलिक अवस्था, जटिल मौसमी विविधता र चुनौतीपूर्ण वातावरणमा रही प्रकृति संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी पदक प्राप्त गर्ने सकलदर्जालाई प्रकृति संरक्षण पदकबाट सुशोभित गरे ।
यस वर्ष १ हजार ५ सय १३ जना सकलदर्जाले उक्त पदक प्राप्त गरेका छन् । यस्तै, प्रधान सेनापतिले नेपाली सेनामा कार्यरत रही विशिष्ट योगदान पुर्याई मानार्थ उप सेनानी दर्जामा पदोन्नति भएका पदिकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । ४२ जना पदिकहरु मानार्थ उप सेनानी दर्जामा पदोन्नति भएका छन् ।
फूलपाती बढाई समारोह २०८१ को अन्तिम निरीक्षण कार्यक्रममा रथीवृन्द लगायत सकलदर्जा, परिवारजन र सर्वसाधारणको उपस्थिति थियो । यससँगै फूलपाती बढाई समारोह २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend