Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मलेसियाको जेलमा १५० जना नेपाली


    शनिबार, मंसिर २७ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । मलेसियाको जेलमा १५० जना नेपाली जेल जीवन बिताई रहेको पाइएको छ । रोजगारीका लागि मलेसिया गएका उनीहरु विभिन्न मुद्धामा जेल जीवन बिताई रहेको पाइएको हाे ।

    क्वालालम्पुस्थित नेपाली दूतावासले गर्ने साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा बोल्दै दूतावासका द्वितीय सचिव प्रेम पुन थापाले मलेसियामा विभिन्न करणले जेल जीवन बिताई रहेका नेपालीहरुको सङ्ख्या १ सय ५० रहेको जानकारी दिएका हुन ।

    गत डिसेम्बर ४ तारिख मात्रै दूतावासले मलेसियाको अध्यागमन विभागसंग समन्वय गर्दै विभिन्न करणले जेल जीवन बिताई रहेका ५० जना नेपालीलाई नेपाल पठाएको सचिव थापाले बताए ।

    धेरै नेपालीहरुले मलेसियाको कानून उल्लंघन गरेको र गैरकानूनी हैसियतमा बसेकाहरुले पनि जरिवाना तिर्नुपर्ने उनले बताए । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायतले नेपालीहरु जेल पर्ने गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार