Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दरबारमार्गमा एटिएम बुथ तोडफोड गर्ने पक्राउ


    शनिबार, मंसिर २७ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

    काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    उनले उक्त एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

    तोडफोडबाट बुथको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार