Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • ३ सय ३ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा


    शनिबार, मंसिर २७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर हाल ३ सय ३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ६२ जना आइसियु र ४१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    प्रदेश १ मा ३३ आइसियु र ७ भेन्टिलेटरमा, प्रदेश २ मा ६ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा ७० आइसियु र १२ भेन्टिलेटरमा छन्। 

    गण्डकीमा ९१ आइसियु र ११ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४८ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    कर्णाली प्रदेशमा ७ जना आइसियु र ४ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ७ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३ सय ६० थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार