Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा थपिए ४८२ जना संक्रमित


    शनिबार, मंसिर २७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा देशभर भेटिएका ८ सय ९९ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४ सय ८२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    काठमाडौंमा ३ सय ८१, ललितपुरमा ६९ र भक्तपुरमा ३२ जनामा कोरोना भेटिएको हो। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९२ हजार ६ सय ८८ पुगेको छ। जसमध्ये ८७ हजार ७ सय २७ जना उपचारपछि निको भएका छन् भने ४ सय ४१ जनाको मृत्यु भएको छ। हाल ४ हजार ५ सय २० जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

    ललितपुरमा कुल संक्रमितको संख्या १४ हजार ३ सय १७ पुगेको छ। ९ सय २७ जना सक्रिय संक्रमित छन्। हालसम्म १३ हजार २ सय ५८ जना उपचारपछि निको भएका छन्। १ सय ३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

    यस्तै भक्तपुरमा ७ हजार ९ सय ४७ जना डिस्चार्ज हुँदा ९७ जना संक्रमितको मृत्यु भएको छ। भक्तपुरमा कुल संक्रमितको संख्या ८ हजार ४ सय २७ पुगेको छ। अझै पनि ३ सय ८३ जना उपचाररत छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार