Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ८९ पुग्याे


    शनिबार, मंसिर २७ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकैदिन थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ११ जना संक्रमितको मृत्यु भएको थियो। 

    एकै दिन ८ सय ९९ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ। कुल संक्रमितमध्ये ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित छन्। 

    गत २४ घण्टामा ५ हजार २ सय ४२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख २५ हजार ८ सय ६० पुगेको छ। हाल ५ सय १९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार