Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात


    सोमबार, असोज २१ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतले बंगलादेशविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।

    बंगलादेशले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले ११.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले १९.५ ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो ।

    यो जितपछि ३ खेलको टी-२० सिरिजमा भारत १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आगामी बुधबार भारतको दिल्लीमा हुदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार