Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा एमआरएनए कोरोना भ्याक्सिन क्लिनिकल ट्रायलको अनुमति


    शनिबार, मंसिर २७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नयाँदिल्ली । भारतीय औषधि नियामक निकायले पहिलो स्वदेशी एमआरएनए कोरोना भ्याक्सिनको पहिलो र दोस्रो क्लिनिकल ट्रायलका लागि अनुमति दिएको छ।

    पूणेस्थित कम्पनी जिनोभा बायोफर्मास्युटिकल्सले एचजिसिओ-१९ नामक भ्याक्सिन बनाइरहेको छ। कम्पनीले भारत सरकारको विज्ञान तथा प्रविधि मन्त्रालयबाट आर्थिक सहयोग प्राप्त गरेको थियो।

    मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जीवाणुसँग लड्नका लागि एमआरएनए भ्याक्सिनले शरीरको रोगप्रतिरोधी क्षमताको परम्परागत तरिकाले  विकास नगरी भाईरसजस्तै प्रोटिन उत्पादन गर्ने  र कोरोना भाईरसलाई समाप्त गर्ने उल्लेख छ। 

    यो भ्याक्सिनले प्रतिरोधी क्षमता बढाउने पनि जनाइएइको छ। मन्त्रालयले यो भ्याक्सिन सुरक्षित र असंक्रामक मानेको छ।  यो सफल ने निर्माण कम्पनीको दावी छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार