Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई लाख भारतीय नोटसहित पक्राउ


    शनिबार, मंसिर २७ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • माेरङ । भारतीय नोट एक लाख ९९ हजारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ ।  

    पक्राउ पर्नेमा भारत सुन्दर विहार पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्द्र रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१७ इस्लामपुरस्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले चन्द्रलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा भारतीय नोट पाँच सयको ३९० थान र दुई हजारको दुई थान गरी एक लाख ९९ हजारसहित शुक्रबार साँझ पक्राउ गरेको छ । 

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार