Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सद्भाव युवा समाजको पौष ४ गते लमजुङ र काठमाडौंमा रक्तदान कार्यक्रम


    शनिबार, मंसिर २७ २०७७
    560
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । श्री सद्भाव युवा समाजले विश्वभर फैलिएको कोभिड १९ र यसका कारण नेपालमा रगतको अभाव कम हुन नदिन यहि  पौष ४ लमजुङ र काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने भएको छ । गत मंसिर २० गते चितवनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको युवा समाजले पौष ४ गते काठमाडौंको बूढानिलकण्ठ मन्दिर प्राङगढमा र नेपाल रेडक्रस भवन लमजुङमा रुकतदान कार्यक्रम गर्ने कार्यक्रम तय गरेको छ । 

    रक्तदान जीवनदान भन्ने नारालाई आत्मसाथ गर्दै यो कोभिडको कारण नेपालमा रगतको अभाव कम हुन नदिन  रक्तदान कार्यक्रम श्री सदभाभाव युवा समाज नेपाल र कतारको आयोजनामा र बूढानिलकण्ठ युवा क्लवको सहयोग तथा सहकार्यमा बिहान ११ बजेबाट शुरु हुने कुरा सदभाव युवा समाज नेपालका अध्यक्ष देबप्रकाश श्रेष्ठले बताउनु भएको छ । 

     सद्भाव युवा समाज कतार र नेपालको संयुक्त पहलमा  मानव सेवा आश्रमलाई गत मंसिर २२ गते  रु एक लाख एघार हजार एक सय पन्ध्र  रु १,११,११५० आर्थिक सहयोग गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार