Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चाँदीसहित दुई जना पक्राउ


    शनिबार, मंसिर २७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कपिलवस्तुको प्रहरीले चाँदीसहित दुई जनालाइ पक्राउ गरेकाे छ।

    पक्राउ पर्नेमा अर्घाखाँचीका १२ वर्षीय उमेर सुनार र २६ वर्षीय सुगम पुन रहेका छन्।

    पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा झण्डै एक लाख मुल्य बराबरको चाँदीसहित उनीहरूलाइ प्रहरीले पक्राउ गरेकाे हाे।

    जिल्लाको वाणगंगा नगरपालिका वडा नम्वर २ स्थित राजमागको लखनचोकमा चेकजाँच गर्ने क्रममा लु ५५ प ६१५९ नम्वरको स्कुटीमा चढेर आएका अर्घाखाँचीको छत्रदेव गाउँपालिका –५ का सुनार र रुपन्देही सिद्धार्थनगर नगरपालिकाका पुनलाई खानतलासी गर्दा उनीहरुको साथबाट ९६ हजार मूल्य बरबरको ७३ तोला चाँदी र ४८ पिस रातोपत्थर बरामद गरिएको थियो ।

    उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार