Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • रोनाल्डो र मानेको गोलमा अल नासर विजयी


    आइतबार, असोज २० २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल ओरोबाहमाथि शानदार जित हासिल गरेको छ ।

    शनिबार सम्पन्न खेलमा अल नासरले अल ओरोबाहलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    अल नासरको जितमा साडियो मानेले दुई गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । यो जितपछि अल नासरको ६ खेलमा १४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

    त्यस्तै अल ओरोबाहको ६ खेलमा ७ अंक भएको छ र लिगमा ११औं स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार