Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्पदंश उपचारकेन्द्र सञ्चालनमा


    शुक्रबार, मंसिर २६ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुर । प्रदेश नं. २ का न मुख्यमन्त्री लालबावु राउतले धनुषाको क्षिरेश्वर नगरपालिकास्थित महेन्द्रनगरमा नवनिर्मित सर्पदंश उपचारकेन्द्रको आज शुभारम्भ गर्नुभयो । बाईस शय्याको सो केन्द्र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को रु एक करोड २० लाखको लागतमा निर्माण गरिएको हो । साथै सो नगरपालिकाले उपकरणका साथै अन्य व्यवस्थापनमा रु एक करोड खर्च गरेको जनाइएको छ ।

    उपचारकेन्द्रको सञ्चालनको व्यवस्थासमेत नगरपालिकाले गरेको नगरप्रमुख योगेन्द्र पजियारले जानकारी दिनुभयो । केन्द्रमा सर्पदंश बिरामीका निःशुल्क उपचार गरिनेछ । नेपाली सेनाका चिकित्सक टोलीले उपचार गर्नेछन् । सो अवसरमा मुख्यमन्त्री राउतले सर्पदंश उपचारकेन्द्र सञ्चालनमा आएसँगै सर्पदंशको कारण जनताले अकालमा मृत्युवरण गर्न नपर्ने बताउनुभयो ।

    गर्मी र बर्षायामको समयमा सर्पको विगविगी रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले एन्टिभेनम खोप उत्पादनका लागि प्रदेश सरकार अग्रसर रहेको जानकारी दिनुभयो । सर्पदंश उपचारकेन्द्र सञ्चालक समितिका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरप्रमुख पजियारले उपचार केन्द्रको सञ्चालन र व्यवस्थापनमा नगरपालिकाले काम गर्ने बताउनुुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार